Friday, January 27, 2023
10.5 C
Kathmandu
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

‘मन्त्री कुँवर एमाले जाने तयारी’ भन्ने भ्रमपुर्ण समाचारप्रति गम्भिर ध्यानाकर्षण

भर्खरै

काठमाडौं, २०। मंसिर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरबारे आएको समाचारप्रति सचिवालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार एक अनलाइनले “श्रममन्त्री तथा नेकपा एसबाट चुनाव जितेका सांसद शेरबहादुर कुँवर एमाले जाने तयारी” शीर्षकमा समाचार प्रकासन गरेपछि मन्त्री कुँवरको सचिवालयले उक्त समाचार शतप्रतिशत निराधार र भ्रमपुर्ण रहेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्री कुँवरले हाल एमालेका कुनैपनि नेतासंग त्यस्तो राजनीतिक भेटवार्ता नगरेको र एमाले फर्किने भन्ने समाचार पुर्ण रुपमा मनगणन्ते, कपोकल्पीत र भ्रमपुर्ण रहेको मन्त्री कुँवरका प्रेस संयोजक रमा खड्काले अनमोलपोस्टलाई जानकारी दिइन् ।

“मन्त्री कुँवर नेकपा एकीकृत समाजवादीबाट सर्वसम्मत टिकट पाएर अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भई विजयी भएकाले उहाँ सोहि पार्टीको नीति, सिद्धान्त र निर्देशनुसार अघि बढेको जानकारी गराइन्छ । तर, डिसि नेपाल डट कमले स्रोतको हवाला दिदै एमालेका कुनै नेतासंग भेटवार्ता गरी ‘मन्त्री कुँवर एमाले फर्किन’ लागेको भन्दै प्रकासन गरेको समाचार शत्प्रतिशत निराधार रहेको प्रस्ट पार्न चाहन्छौं”, मन्त्री कुँवरको सचिवालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्ता मनगणन्ते, कपोकल्पीत, असत्य समाचार प्रकासन गरी जनतामा भ्रम सिर्जना नगर्न सम्बन्ध अनलाइन संचारमाध्मलाई मन्त्री कुँवरको सचिवालयले आग्रह समेत गरेको छ ।

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित समाचार

विशेष

- Advertisement -spot_imgspot_imgspot_img