Sunday, April 2, 2023
9.9 C
Kathmandu
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

पत्रकार एलन,बञ्जरा र मगर माथि भएको हातपातको समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटी द्वारा घोर भर्त्सना

भर्खरै

काठमाडौं, १९ मंसिर।  पत्रारकार रामकुमार एलन, रमेश बञ्जरा एवं कृष्ण सारुमगर माथि आइवार मकवानपुरस्थित पल्पसा सदनमा भएको आक्रमणलाई  समाजवादी प्रेस  संगठन नेपाल उपत्यका प्रदेश कमिटीले भर्त्सना गरेको छ ।

समाजवादी प्रेस  संगठन नेपाल उपत्यका प्रदेश कमिटीका सचिव आशिष गुरागाईंले जारि गरेको  प्रेस  विज्ञप्तिमा प्रेस स्वतन्त्रता विरोधी हर्कतमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारलाई निर्बाध र निर्भीक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको हो  ।

प्रेस विज्ञप्ति

मिति : २०७९ मङ्सिर १९ गते

समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उप महासचिव एवं रातोसूर्य डट कमका प्रधान सम्पादक रामकुमार एलन र बागमती एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक  रमेश बञ्जरामाथि समाचारको विषयलाई लिएर मंसिर १८ गते आइतबार मकवानपुरस्थित पल्पसा सदनमा भएको आक्रमणको घटनाप्रति समाजवादी प्रेस संगठन उपत्यका प्रदेश कमिटी घोर भर्त्सना गर्दछ  ।

सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका २०/२२ जनाको समुहले पत्रकारद्वयमाथि आक्रमण गरेको थियो । पत्रकारमाथि आक्रमण भएपछि छुटाउन जाने क्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महसचिव कृष्ण सारुमगर माथिसमेत उक्त समुहले आक्रमण र दुर्व्यवहार गरेको थियो । सो क्रममा महासचिव सारुमगर सामान्य घाइते भएको र पत्रकार एलनको देब्रे कान र दाहिने गालामा चोट लागेको बताइएको छ ।

समाचारको विषयमा चित्त नबुझे या कुनै गुनासो भए कानुनी उपचारमा जानसकिने विकल्पलाई छाडेर पत्रकारमाथि आक्रमणमा उत्रिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो ।

समाजवादी प्रेस संगठन उपत्यका प्रदेश कमिटी प्रेस स्वतन्त्रताविरोधी यस्ता हर्कतमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारलाई निर्बाध र निर्भीक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

…………..

आशिष गुरागाईं

सचिव

समाजवादी प्रेस संगठन उपत्यका प्रदेश कमिटी

 

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष