22.1 C
Kathmandu
Friday, April 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

समाचारको विषयलाई लिएर मकवानपुरमा पत्रकारमाथि भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

सम्बन्धित खबर

काठमाडौं, १९ मंसिर । सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको भन्दै आइतबार राति ९ः५० तिर हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा सदनमा रामकुमार एलनमाथि सांघातिक हातपात भएको घटनामामा  नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

महासंघका महाचिव रोसन पुरीले जारिगरेको प्रेस विज्ञप्तिमा  प्रेस स्वतन्त्रताविरोधी यस्ता हर्कतमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारलाई निर्बाध र निर्भीक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

विज्ञप्ति 

नेपाल पत्रकार महासंघ मकवानपुर शाखा सदस्यद्वय रामकुमार एलन र रमेश बञ्जरामाथि समाचारको विषयलाई लिएर मंसिर १८ गते आइतबार मकवानपुरस्थित पल्पसा सदनमा भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका २०/२२ जनाको समुहले पत्रकारद्वयमाथि आक्रमण गरेको थियो । पत्रकारमाथि आक्रमण भएपछि छुटाउन जाने क्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महसचिव कृष्ण सारुमगरमाथिसमेत उक्त समुहले आक्रमण र दुव्र्यवहार गरेको थियो । सो क्रममा महासचिव सारुमगर सामान्य घाइते भएको र पत्रकार एलनको देब्रे कान र दाहिने गालामा चोट लागेको महासंघ मकवानपुर शाखाले जनाएको छ ।

समाचारको विषयमा चित्त नबुझे या कुनै गुनासो भए कानुनी उपचारमा जानसकिने विकल्पलाई छाडेर पत्रकारमाथि आक्रमणमा उत्रिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । महासंघ प्रेस स्वतन्त्रताविरोधी यस्ता हर्कतमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारलाई निर्बाध र निर्भीक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

…………..

रोसन पुरी

महाचिव

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष