काठमाडौं, १९ मंसिर । ।गठबन्धनभित्रैको प्रमुख दल नेपाली कांग्रेसका समर्थकहरुले पत्रकार रामकुमार एलनमाथि हातपात गरेको घटनामा नेकपा एकीकृत समाजवादी समर्थक पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठन नेपालले घोर भत्र्सना गरेको छ ।
संगठनका महासचिव भुपराज खड्काले विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गरेका हुन् । उक्त घटनासँग सम्बन्धित र घटनास्थलमा सशरीर उपस्थिति एवं घटनाका योजनाकार समेतको पहिचान गरी कडाभन्दा कडा कानुनी कारवाही गर्न समाजवादी प्रेस संगठनले माग गरेको छ ।
यसै गरि नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाले घटनाको भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही माग गर्दै सचिव शुभलक्ष्मी विश्वकर्माले प्रेस विज्ञप्तिमा प्रकाशित गरेका छन् ।
रातोसूर्य डटकमका प्रधान सम्पादक एलनलाई आइतवार साँझ समाचार लेखेको आधारमा हातपात भएको थियो ।
प्रतिक्रिया दिनुहोस्




