काठमाडौं, १९ मंसिर । रातोसूर्य डट कमका प्रधान सम्पादक रामकुमार एलनमाथि हातपात भएको छ । सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै आइतबार राति ९:५० को समयमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ स्थित पल्पसा सदनमा एलनमाथि सांघातिक हातपात भएको हो ।
सांघातिक आक्रमण हुँदा उहाँको स्वास्थ्यस्थितिमा केही समस्या उत्पन्न भएको छ । आफूलाई नेपाली कांग्रेसका नेता इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका करिव २०–२२ जनाको जत्थाले गए राति उहाँमाथि आक्रमण गरेको हो ।
पत्रकार एलनको उद्धार गर्न पुगेका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त जत्थाले आक्रमण गरेको थियो । महासचिव मगर पनि सामान्य घाइते भएका छन् । पत्रकार एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको छ ।
समाचारको विषयमा चित्तनबुझे कानुनी उपचारको बाटो हुदा हुदै शारीरिक हातपात, अभद्र व्यवहार र धम्की दिने जस्तो अत्यन्तै अमानवीय क्रियाकलापको हामी घोर भत्र्सना गर्दा छौ । उक्त घटनासँग सम्बन्धित र घटनास्थलमा सशरीर उपस्थिति एवं घटनाका योजनाकारसमेतको पहिचान गरी कडा भन्दा कडा कानुनी कारवाहीको हामी माग गर्दछौँ ।