25.1 C
Kathmandu
Friday, March 29, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विश्व इतिहासमा आजः यस्ता छन् स्मरणीय घटना

सम्बन्धित खबर

आज ५ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही स्मरणीय घटनाक्रम

–सन् १९७७ मा इजिप्टले सम्पूर्ण अरब देशहरुसँग आफ्नो सम्बन्ध तोडेको घोषणा गरेको थियो । तत्कालिन राष्ट्रपति अनवर अल सदतले सिरिया, लिबिया, अल्जेरिया र दक्षिण यमनसँगको सम्बन्ध तोडेको घोषणा गरेका थिए । ती देशहरुको इजिप्टप्रतिको एक्यबद्धताविरुद्ध तथा प्यालेस्टाइन स्वतन्त्र संगठनले त्रिपोली घोषणापत्रमा हस्तक्षर गरेपछि अनवरले सम्बन्ध तोडेका थिए । सो घोषणापछि अनवरले इजरायलको भ्रमण गरेका थिए ।

–सन् १९३६ मा क्रिगिज सोभियत समाजवादी गणतन्त्रको स्थापना भएको थियो ।

–अमेरिकामा लामो समयसम्म मदिरामाथि प्रतिबन्ध लगाइएको थियो । सन् १९२० मा मदिरामाथि लगाइएको प्रतिबन्ध संविधानको २१ औं संशोधनमार्फत सन् १९३३ मा अन्त्य गरिएको थियो ।

–सन् २००५ मा बेलायतको नागरिक साझेधार ऐन २००४ कार्यान्वयनमा आएको थियो । संसदबाट पारित भएको एक वर्षपछि यो कार्यान्वयनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष