Tuesday, December 5, 2023
18.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

नाकाबन्दीमा दाउरा बेचेको बोनस दिन पुनः निर्वाचन ?

सम्बन्धित खबर

काठमाडौं, १३ मंसिर । दोलखामा पुनः निर्वाचनको माग गर्दै एमालेले विगतका सबै इमानदारीहरु खुइल्याउँदै सतहमै उत्रिएपछि निर्वाचन आयोग पुनः मतदान गर्न मंसिर १५ को तयारीमा जुटेको छ ।

नेकपा एमालेको कही हूलको शक्ति दुरुपयोगका भरमा दोलखामा निर्वाचन पुनः गर्ने तयारीसँगै केही एमालेजन भने यसको फाइदा लिन खोजिरहेका छन् तर बाटो भने गलत अपनाइरहेका छन् । त्यहाँका गठबन्धनका उम्मेदवार खुइल्याउन एमाले नेता एवम् केपी शर्मा ओलीका भाञ्जा भनेर चिनिएका तीनकुनेमा रोयल ब्यांकेट र समिल तथा कालिन्चोकमा केबुल कार चलाइरहेका बालकृष्ण शिवाकोटीले एमाले निकट मिडियालाई लाखौँ रुपैयाँ दिएर अनर्गल समाचार लेखाइरहेका छन् ।

भन्नलाई त तामाकोशी गाउँपालिका वडा नम्बर–३, जफेस्थित कालापानी मतदान केन्द्रमा भएको बुथ कब्जाको भिडियो बाहिर आएको विषय जोडेर एमालेले प्रतिकुलतालाई अनुकुलतामा उर्तान सबैजसो हर्कत गर्दा निर्वाचन आयोग पुनः मतदान गराउन तयार हुनुलाई अन्यथा मान्न सकिन्न । तर उम्मेदवार बनेका शिवाकोटीको मुसादौड र अनुचित अभ्यास भने दोलखाका जनताले अरु कयौँ निर्वाचनसम्म बिर्सने छैनन् ।

यो मतदान केन्द्रको भिडियो भन्दै गठबन्धन उम्मेदवार कुन्दनराज काफ्लेविरुद्ध नै एमालेजन किन हात धोएर लागे, सिर्फ एउटा चुनाव जित्न बाहेक कुनै कारण छैन ।

काफ्ले कुनै गुण्डागर्दी चरित्रका पात्र पनि होइनन् । जनआन्दोलनका बेला शिरमा कफन बाँधेर हिँडेका विद्यार्थी नेता हुन् । पत्रकारिता पृष्ठभूमिका उनी लेखहरु पनि लेखेर विचारले जनता बाँध्नु पर्छ र राजनीतिमा विचारले भरिपूर्ण युवा जमात निर्माण गर्नु पर्छ भन्ने मान्यताका युवा नेता हुन् । उनका प्रशंसामा खगेन्द्र संग्रौलाका लेखहरु पनि प्रकाशित छन् ।

रोमन म्यागासेसे पुरस्कार पाएपछि भारतीय पत्रकार रवीश कुमारले भनेका थिए, ‘मेरै गाउँटोलको पत्रिकाले मेरो पुरस्कारबारे समाचार दिएन ।’ हो, यही आग्रह, पूर्वाग्रह र कुण्ठाले भरिपूर्ण पत्रकारिता भारतमा मात्र होइन, दोलखामा पनि अभ्यास भएको छ । एमालेका नेता शिवाकोटीको आग्रहमा जबर्जस्त काफ्लेलाई गुण्डाको परिचय पत्र भिराएर पठाउन एमाले नेता शिवाकोटीको लगानी बालुवामा पानी हालेसरह खर्च हुँदा केही पत्रकारलाई भने मंसिरमै दशैँ आएजस्तै भएको छ ।

सबैभन्दा रमाइलो त के छ भने स्याङजा–२ मा पनि मतगणना रोकिएको छ। यो क्षेत्रको विवादबारे के गर्ने भन्नेमा आयोग मौन छ । अरु क्षेत्रमा पनि रोकिएको छ । त्यहाँ एमालेजन चिन्ता गरिरहेका छैनन् । दोलखाको भिडियो भनेर एमालेले सामाजिक सञ्जालमा भनेको भरमा किन आयोग छानबिन नगरी पुन मतदानको पक्षमा उभियो ? कांग्रेसीजन पनि छक्क परेका छन् ।सामाजिक सञ्जालहरुले यो भिडियो कतै दोलखाको त कतै स्याङ्जाको भनेका छन् । यसको आधिकारिकताविनै पुनः मतदान सिर्फ ओलीको भाञ्जा, प्रदेश सभामा सिफारिस भएका र एमाले अध्यक्ष केपी शर्मा ओलीले सिधै केन्द्रको टिकट दिएका भरमा जनमत नभए पनि उनलाई जिताउन त होइन ? कांग्रेसीजनको चिन्ता अस्वाभाविक पनि होइन । कुन्दनराज काफ्लेविरुद्ध अहिले समाचारको बाढी बगाइएको छ । देश नाकाबन्दीका बेला आधा सिलिण्डर ग्यास र राज्ले दिने दाउरा भनेर राष्ट्रवादी भएका नागरिकलाई थाहा थिएन कि, त्यतिखेर काठमाडौंमा बाँडिएको दाउरा यिनै शिवाकोटीको थियो । राज्यले कति पैसामा उनलाई यो काम दियो, त्यसको हिसाब पनि एमाले अध्यक्ष ओलीबाहेक अरुसँग छैन ।

त्यहीबापत शिवाकोटीको परिवारका ३ जनाले एमाले सरकारका बेला केन्द्र र बागमती प्रदेशमा विभिन्न नियुक्ति र अवसर पाएका थिए । अहिले ओलीकै निर्णयमा संघमा टिकट पाएका शिवाकोटी चुनाव हार्ने डरले जुन हत्कण्डा गरिरहेका छन्, यो सुशासन र लोकतन्त्रको सुन्दरता होइन, बरु त्यतिखेर दाउराको भुक्तानी गर्न पो कतै दोहोर्याएर उनलाई चुनाव उठ्ने रहरमा जितको झूटो प्रमाण पत्र दिलाइदिनु नै हो भने दोलखामा मंसिर १५ पछि अर्को पनि चुनाव गर्न निर्वाचन आयोगले तयारी गर्न पर्ने हुनसक्छ भन्दै चोकचौतारामा चियाको चुस्कीसँग गफ सुनिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष