21.1 C
Kathmandu
Friday, March 29, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

बिदा भए खोटाङका म्यादी प्रहरी

सम्बन्धित खबर

खोटाङ, ८ मंसिर ।निर्वाचनका लागि नियुक्ती भएका म्यादी प्रहरी बिदा भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत ३० असोजमा नियुक्ती भएका म्यादी प्रहरीलाई बिहिबार एकैसाथ बिदा गरिएको हो ।

निर्वाचनको सुरक्षार्थ खटाउनका लागि खोटाङमा भर्ना गरिएका एक हजार १७६ जना म्यादी प्रहरीलाई विदा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताए ।

४० दिनका लागि भर्ना गरिएका म्यादी प्रहरीले ड्युटीका क्रममा बोकेका लठ्ठी बुझाएर प्रमाण–पत्र बुझेर घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय हलेसी, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, इलाका प्रहरी कार्यालय बाक्सिला, इलाका प्रहरी कार्यालय खोटाङबजार, इलाका प्रहरी कार्यालय चिसापानीलगायतका यूनिटबाट म्यादी प्रहरीको बिदाई गरिएको छ । दिक्तेलबजारमा विजय जुलुस निकालिइरहँदा जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको भव्य विदाई भइरहेको थियो ।

घर फर्कंन लागेका म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयको प्रांगणमा सामुहिक तस्बिर कैंद गरिरहेको दृश्य देखिएको थियो । कतिपयले सेल्फी खिचिरहेका थिए । कतिपयले म्यादी प्रहरीको रुपमा काम गर्न ‘मज्जा भएको’ प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष