Tuesday, December 6, 2022
10.1 C
Kathmandu
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

दिपक निरौलाले पैसा बाडेको आरोप निराधार भएको प्रहरी र निर्वाचन आयोगको ठहर सबै छुटे

भर्खरै

काठमाडौं, ३ मंसिर। पछिलो समय निर्वाचन सुरक्षा बिथोल्ने गतिविधिमा  प्रमुख दलहरुनै सुरक्षा चुनौती रहेको भन्दै गम्भीर प्रकारका  विवरण सार्वजनिक भइरहेको बेलामा हिजो  साँझ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ (ख) का निवर्तमान प्रदेश  सांसद एवं नेकपा एमालेका उम्मेदवार दीपक निरौला माथि स्थानीय गठबन्धन दलका कार्यकर्ताहरूले दुर्व्यवहार गरेका छन् ।

शुक्रबार साँझ बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६  हात्तीगौंगास्थित युरो स्कुलनजिकै बूढानीलकण्ठ नगरपालिका वडा नम्बर  ६ मा कार्यरत  कर्मचारी बुद्धलक्ष्मी तामांगका  ६६ वर्षका   पिताजी जो  क्यान्सरका बिरामी छन्  उनलाई भेट्न निरौला, वडा अध्यक्ष रवि खड्का तथा नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डंगोल त्यहाँ गएका थिए ।

दीपक निरौलाको गाडी देखेपछि गठबन्धन दलका  कार्यकर्ताहरूले घर घेरी दुर्व्यवहार गर्न लागेपछि  स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि  प्रहरी घटना स्थल पुगेको थियो ।

प्रहरीले सम्भावित घटनालाई मध्ये नजर गर्दै उनीहरूलाई  प्रहरी प्रभाग बूढानीलकण्ठ लग्यो, प्रहरी प्रभाग पुर्याए पछि गठबन्धनका कार्यकर्ताहरूले एमाले विरुद्ध चर्का नारा बाजी गर्दै घटनाको छानबिन गर्न दबाब दिएको थियो   धेरै बेरको नारा बाजी र भिड बढ्दै गएपछि प्रहरीले माइकिङ्ग गर्दै निरौलाको टोलिलाई थप अनुसन्धान गर्न भन्दै प्रहरी वृत्त महाराजगञ्ज पठायो ।

महाराजगञ्ज वृत्तले निर्वाचन आयोगलाई बोलाएर आवश्यक अनुसन्धान गर्दा  पैसा बाडेको भन्ने आरोप निराधार भएको  र  निर्वाचन बिथोलिने ठूलो गतिविधि पनि न देखिएको  भन्दै  मुल्ल्चुका उठाई  १२ : ३० मा  सबैलाई छोडेको छ ।

 

सम्बन्धित समाचार

विशेष

- Advertisement -spot_imgspot_imgspot_imgspot_img