मङ्सिर ४ र ५ गते सार्वजनिक विदा

Categories:

-

काठमाडौं, २९ कात्तिक  ।४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले २ दिन सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले मङ्गलबार जारी गरेको सूचनाअनुसार निर्वाचन प्रयोजनका लागि मङ्सिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरिएको हो । मतदानस्थल रहेका शिक्षण संस्थाहरू मङ्सिर २ गतेदेखि ५ गतेसम्म बन्द रहने छन् ।

गृह मन्त्रालयकाअनुसार मङ्सिर ४ गते हुने निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू मङ्सिर २ गतेदेखि ५ गतेसम्म तथा सरकारी कार्यालय र सार्वजनिक निकायहरू मङ्सिर ४ र ५ गते बन्द रहने छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य