काठमाडौं, १७ कात्तिक । मंसिर ४ गते हुने चुनाव केन्द्रित भएर बुनपा १० काे युवा डबलीले उम्मेदवारहरूसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम गर्ने भएकाे छ । काठमाडाैँ क्षेत्र नं ४ मा वाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग युवाहरू राखेर गर्न लागिएकाे छलफल तथा अन्तर्क्रिया कार्यक्रममा क्षेत्र नं ४ मा नेपाली काँग्रेसका नेता गगन थापा सहभागि हुने आयाेजकले जनाएकाे छ ।
स्थानीय अतिथि किचेनमा कात्तिक १९ गते दिनको २ बजे हुने कार्यक्रममा वाम लाेकतान्त्रिक गठबन्धनअन्तर्गत एकीकृत समाजवादीका तर्फबाट क्षेत्र नं ४ ख का प्रत्यक्ष उम्मेदवार कुसुकुमार कार्की तथा नेकपा माओवादीका तर्फबाट समानुपातिकतर्फका उम्मेदवार राजेन्द्र श्रेष्ठ सहभागि हुने आयाेजकले जनाएकाे छ । कार्यक्रममा उम्मेदवारहरूले उपस्थित युवाहरूमाझ आफ्नाे एजेण्डा तथा प्रतिबद्धता प्रस्तुत गर्ने छन् भने युवाहरूकाे जिज्ञासालाइ हल गर्ने अन्तर्क्रियात्मक कार्यक्रम पनि हुने डबलीका विवेक अधिकारीले जानकारी दिए ।


