Tuesday, December 6, 2022
10.1 C
Kathmandu
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

यज्ञमती यतैकतै बग्थ्याे

भर्खरै

   कविता

 – केशव पाठक

 

अलिमाथि डाँडाकाे उन्यूघारीबाट कसैले ल्याएर फ्याकेकाे

कुकुरडाइनाेकाे बाेट यज्ञमती छेउमा सप्रेकाे छ ।

कुकुर डाइनाेसँगै हुर्केकाे भिमसेनपातीकाे रूख्

यज्ञमती खाेलाकाे पानीझैँ सुस्तरी सुसाइरहन्छ ।

यज्ञमती यतै कतै बग्थ्याे ।

 

रात छिप्पिँदै जाँदा यज्ञमती खाेलाको आवाजले

निकै पुरानो नोष्टाल्जियामा वांच्दै गरेको

धुन सुसेल्छ ‘नआउ जुन काेठामा राति मसँग लाडिन’

यज्ञमती यतै कतै बग्थ्याे ।

 

लटरम्म फलेका मयलका रूखकाे हाँगाबाट

एकाेहाेराे तलतिर हेरिरहेकाे किँगफिसरले

यज्ञमतीबाट सानाे माछाे निकाल्छ र सुलुक्क निल्छ ।

यज्ञमती यतै कतै बग्थ्याे ।

 

यज्ञमतीकाे  उत्तरीभित्तातिरका पाखाभरी

उम्रिएका कालाे निगुराेले वर्खाका दिनहरूमा गृहणीलाइ लाेभ्याउँछ

तर हरेउ हुन्छन् भनेर हत्तपत्ति गैहाल्दैनन् ।

यज्ञमती यतै कतै बग्थ्याे ।

 

मलेवाका हुल धान काटेपछिकाे यज्ञमती फाँटमा कालाम्मे हुन्छन्

चारपाँचजना फैकाली उट्पट्यांगहरूले गुलेली हानेर

एकैखेपमा १० वटा मलेवा मारिदिएछन ।

यज्ञमती यतै कतै बग्थ्याे ।

 

छापामार मार्चपास गर्दै चावहिलतिरबाट आएका

अर्का हुल ठीटाले यज्ञमती खाेला धमिल्याउँदै

आधा दर्जन चरा मारे त्यतैकतै पाेलपाल पारेर खाए ।

यज्ञमती यतै कतै बग्थ्याे ।

 

फेर्न मिल्ने नमिल्ने दुवै भाकाहरू गाउँछन्

यज्ञमती किनारका काईंयोको पोथ्रा र वांसघारीहरूले,

अनि तामा काट्न हिँडेका पुरूषलाइ

यज्ञमतीका बडेमानका लामखुट्टेले नराम्ररी चिल्छ ।

यज्ञमती यतै कतै बग्थ्याे ।

 

खेतमा काम गर्न आएका किसानहरू

यज्ञमती किनारमा बस्छन्, ल्याएका खााजाका पाेका खाेल्छन्

यज्ञमतीकै पानीले हात धुन्छन्,

अँजुलीले तृप्त हुने गरी पानी  पिउँछन् ।

यज्ञमती यतै कतै बग्थ्याे ।

 

मसिना शीतको थोपाले यज्ञमतीकाे फाँटमा आकाशलाइ चीर्छ

शरदको जून पोखिन्छ र मानिसहरुलाइ मायालु बनाउँछ

त्यतै कतै बर्खे यज्ञमतीले ल्याएकाे बालुवामा

प्रेमील जाेडीले मायाका भाखा लेख्छन् ।

यज्ञमती यतै कतै बग्थ्याे ।

 

जुन पाेखिएकाे रात,

यज्ञमती किनारबाट स्यालका बथानहरू डर देखाउँदै गाउँ पस्छन्

रातकाे सन्नटालाइ यज्ञमती किनारकाे उत्तीसकाे ठूलाे रूखबाट

हुचिलले डरलाग्दाे स्वरमा बासेर अनिष्टकाे संकेत गर्छ ।

यज्ञमती यतै कतै बग्थ्याे ।

 

यज्ञमतीले खाेला किनारमा राँके भुतहरू  हिँडेका देख्नेहरू

रातमा आफ्ना बालबालिकालाइ कथा हाल्छन्

‘ढुङ्गेन पातालतिर साँझ परेपछि नजानु है भुत हिँड्छ त्यतातिर ।’

यज्ञमती यतै कतै बग्थ्याे ।

सम्बन्धित समाचार

विशेष

- Advertisement -spot_imgspot_imgspot_imgspot_img