21.1 C
Kathmandu
Friday, March 29, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भत्केको पुल मुनि मृत अवस्थामा फेला

सम्बन्धित खबर

काठमाडौं, २८ असोज ।काठमाडौं र ललितपुरमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको काठमाडौं महनगरपालिका–३१ भिमसेनगोलास्थित भत्केको पुल मुनि काभ्रे घर भएका ३८ वर्षीय शुभास खड्का बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका–१७ ग्वार्को डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ४५ वर्षीय मिल कुमार श्रेष्ठ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित बागमती खोलाको बिचमा हाल पहिचान नखुलेकी करिब ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

तीनवटै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष