बझाङमा एमालेलाई धक्का, प्रभावसाली नेताहरु नेकपा एसमा प्रवेस

Categories:

-

असोज २८,बझाङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचनको मुखैमा नेकपा एमाले बझाङमा पहिरो गएको छ ।
एमालेका जिल्ला स्तरीय नेताहरु एमाले परित्याग गरी नेकपा समाजवादीमा प्रवेस गरेपछि एमालेलाई धक्का लागेको हो ।

नेकपा एकीकृत समाजवादीको जिल्ला पार्टी कार्यलय चैनपुरमा आयोजित कार्यक्रममा खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ का पूर्व वडाअध्यक्ष मानबहादुर खत्री र बित्थडचिर गाउँपालिकाका एमाले गाउँ कमिटि अध्यक्ष धनबहादुर ढाँट लगायत सयौं एमाले कार्यकता एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेस गरेका छन् ।

नवप्रवेसीहरुलाई नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटि सदस्य एवं बाम­लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशीले स्वागत गर्नु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य