दाल गलेन ईन्द्र बानियाँको, अन्ततः पाए आनन्दले प्रदेशमा टिकट

-

असोज २३,हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति एवम् बागमती प्रदेश सभापति ईन्द्र बानियाँ आफ्नै व्यावसायिक साझेदारलाई राजनीतिमा सिध्याउँछु भनेर लाग्दा अन्ततः असफल भएका छन् । कुनैबेलाका व्यासायिक साझेदारसमेत रहेको भए पनि आन्तरिक टसलले नेपाली कांग्रेस मकवानपुरको सभापति र हेटौँडाको मेयरमा रोकिएका आनन्दराम पराजुली मकवानपुरको निर्वाचन क्षेत्र १ को ख मा उम्मेदवार भएका छन् । बानियाँ सभापति बुद्ध लामालाई टिकट दिन चाहन्थे ।

गठबन्धनबाट निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, प्रदेश क मा माओवादीका प्रेमबहादुर पुलामी, क्षेत्र नम्बर २ मा नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य विरोध खतिवडा, प्रदेश क मा माओवादीका कुमारी मोक्तान र प्रदेश ख मा ईन्द्र बानियाँको नाम सार्वजनिक भइसके पनि १ को ख मा नाम आएको थिएन ।

आफूलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको मात्र नभइ देउवाका किचेन क्यामिनेटका विनोद चौधरी, उमेश श्रेष्ठदेखि प्रकाशशरण महतको सम्म साथ भएको बताउँदै कुनै हालतमा आनन्दराम पराजुलीलाई टिकट रोक्ने मनसायमा रहेका बानियाँ अन्ततः पराजुलीलाई टिकट दिन बाध्य हुनु भएको छ । क्षेत्र नम्बर १ का उम्मेदवार तथा कांग्रेस सहमहान्त्री उपाध्यायले आफू काठमाडौंबाट हेटौँडा प्रस्थान गरेको र टिकट फाइनलको ढिलाइले हेटौँडा आउन ढिलो भएको प्रतिक्रिया दिनु भयो । ‘प्रदेशमा आनन्दराम पराजुलीको टिकट फाइनल भयो,’ उपाध्यायले भन्नुभयो, ‘मकवानपुर आएर गठबन्धनसँगै निर्वाचन आयोग पुग्ने र उम्मेदवारी मनोनयनसँगै जनतामा जानेछौँ ।’

मकवानपुर २ बाट निरन्तर उम्मेदवार बन्नु भएका उपाध्याय यसपटक मकवानपुर १ मा सर्नु भएको छ, अझ रमाइलो त जसले लगातार कमल थापालाई हराए, १ नम्बरका जननिर्वाचित एमाले नेता कृष्ण दाहाल यसपटक सूर्य चिन्हमा कमल थापा जिताउने प्रचारको काममा पर्नु भएको छ । थापा र उपाध्यायको रोचक भिडन्त हेर्न लायक हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य