काठमाडौं ४ मा गगन थापा राजन भट्टराई फेरि आमनेसामने हुँदै

-

असोज २१,काठमाडौं । नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ४ मा डा राजन भट्टराईलाई उम्मेदवार उठाउने निर्णय गरेको छ। शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका निर्वाचन क्षेत्रमा धमाधम टिकट बाँडेका हुन्।

काठमाडौं ४ कांग्रेस महामन्त्री गगन थापा निर्वाचित हुँदै आएको क्षेत्र हो। कांग्रेसले यसपटक पनि यो क्षेत्रबाट थापालाई नै उम्मेदवार बनाउने तयारी गरेको छ। गठबन्धनमा सिट बाँडफाँटको अन्तिम टुंगो नलागेकोले कांग्रेसले आफ्नो उम्मेदवार तय गरिसकेको छैन।

अघिल्लो निर्वाचनमा थापाले वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका एमाले भट्टराईलाई ३ हजार ४१८ मतान्तरले पराजित गरेका थिए। थापाले २१ हजार ५५८ मत पाउँदा डा. भट्टराईले १८ हजार १४० मत पाएका थिए।

यसपटक थापा सर्लाही र कास्कीबाटसमेत उम्मेदवारका लागि सिफारिस भएका छन्। यद्यपि थापाले आफू काठमाडौं ४ बाटै उम्मेदवार बन्ने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य