कस्ता व्यक्ति उम्मेदवार बन्न पाउदैन्न ? यस्तो छ निर्वाचनआयोगको मापदण्ड

Categories:

-

असोज२१, काठमाडौं । प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न निश्चित योग्यता पूरा गरेको हुनुपर्छ । निर्वाचन आयोगले २५ वर्ष उमेर पूरा भएको नेपालको नागरिक हुनुपर्ने व्यवस्था गरेको छ । त्यसबाहेक निश्चित मापदण्ड समेत तोकिएको छ ।

मापदण्ड

१. नेपालको नागरिक
२. कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको
३. २५ वर्ष पूरा भएको
४. कुनै संघीय कानूनले अयोग्य नभएको
५. कुनै लाभको पदमा बहाल नरहेको (‘लाभको पद’ भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनुपर्दछ ।)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य