कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गर्ने

Categories:

-

असोज ४ काठमाडौँ। नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया शुरु गरेको छ। नाबालिग बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरीले खोजी जारी गरेको हो।

नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजीमा सहयोग गर्नेछन्। नेपाल प्रहरीको इन्टरपोल शाखाले फ्रान्सस्थित हेडक्वार्टरलाई पत्राचार गर्दै प्रक्रिया शुरु हुनेछ।

प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको आग्रहमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्युरो (एनसीबी) काठमाडौँले रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको छ।

५ भदौमा आफूलाई बलात्कार गरेको भन्दै १७ वर्षकी किशोरीले १६ दिनपछि २१ भदौमा उजुरी दिएकी थिइन्। लामिछाने ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए। त्यसपछि जमैका गएका सन्दीप सँग अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलियालगायतका मुलुकको भिसा छ । उनी अहिलेसम्म स्वदेश फर्किएका छैनन्।।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य