राप्तीनदीको पानीले खतराको तह पारगर्यो तटीय क्षेत्रमा साइरन बज्दै

Categories:

-

असोज १, नेपालगञ्ज । लगातारको वर्षाकाकारण राप्ती नदीमा पानीको सतहले खतराको तह पार गरेपछि बाँकेको तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ ।

कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जल सतह खतराको विन्दु ५ मिटर ७० सेन्टिमिटर पार गरिसकेकोले नदी वरिपरिका दर्जनौँ गाउँ बस्ती बाढीको जोखिममा रहेकोले सतर्क रहन साइरन बजाइएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

बाँके दाङ, रोल्पा, प्युठानमा लगातार पानी परेकाले नदीले खतराको विन्दु पार गरेको हो । शनिबार बिहानैबाट नदी क्रमिक रूपले बढ्दै गएको थियो । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन साइरन बजाएर आग्रह गरिएको छ ।

कुसुममा पानीको सतह ५ मिटर ५० सेन्टिमिटर पुग्ने बित्तिकै खतरा स्वरूप नदी छेउछाउमा साइरन बजाइन्छ । शनिबार बिहान साढे ८ बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ७० सेन्टिमिटर पुगेको छ ।

भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रूपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनि डुबानमा पर्दै आएका छन् ।

नदीको सतह बढेर ५।७० मिटर पुगेपछि राप्तीपारिको उच्च जोखिममा रहेका क्षेत्रहरूमा हाई अलर्ट जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले बताए ।

उनले  जोखिमका क्षेत्रबाट स्थानीयलाई उच्च क्षेत्रमा जान आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीन वटै निकायलाई तयारी अवस्थामा राखिएको छ आवश्यक परेमा हेलिकोप्टर लगायतलाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ खत्रीले बताए  ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य