Tuesday, December 6, 2022
10.1 C
Kathmandu
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सेन्ट लरेन्सले हरेक बोर्ड परीक्षामा प्राप्त गर्ने नतिजा नै कलेजको असली पहिचान हो : केशव प्रसाद दंगाल

भर्खरै

असोज १, काठमाडौँ । सेन्ट लरेन्सले हरेक बोर्ड परीक्षामा प्राप्त गर्ने नतिजा नै कलेजको असली पहिचान भएको कलेजका अध्यक्ष केशव प्रसाद दंगालले बताएका छन् ।

विगत लामोसमय देखि शैक्षिक क्षेत्रमा उत्कृस्ट नतिजा सहित आफ्नो छुट्टै परिचय स्थानमा गरेको कलेज सेन्ट लरेन्स कलेजले भदौ ३० गते विहिवार एक कार्यक्रम आयोजना गरि २०७७/७८ ब्याचमा प्लस टु तह पुरा गरेका विद्यार्थीलाई उक्त तहबाट बिदाइ  कार्यक्रममा उपस्थित विद्यार्थी तथा अविभावकलाई सम्बोधन गर्दै  उक्त कुरा भनेका हुन् ।

दंगालले  सेन्ट लरेन्सले सबै विद्यार्थीका लागि आकर्षक छात्रवृत्ति योजनाहरू ल्याएको भन्दै उनले स्नातक तह पढ्नका लागि सेन्ट लरेन्स रोज्न सुझाव दिए। परीक्षाको नतिजा र अन्य विविध सूचकहरूले स्नातक तहका कलेज मध्ये सेन्ट लरेन्स अब्बल हो भन्ने प्रमाणित भएको भन्दै उनले संसारका जुन सुकै कुनामा बिक्ने जनशक्ति कलेजले उत्पादन गरेको दाबी गरे। कलेजले आफ्नो गुणस्तरलाई कायम गर्दै आगामी दिनमा अझै उत्कृष्ट शैक्षिक वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे।

कलेजले  विगतका वर्षझैँ प्लस टु तहमा उत्कृष्ट नतिजा प्राप्त गरेको कार्यक्रममा बताइएको थियो। प्रत्येक संकाय बाट सर्वाधिक अंक प्राप्त गर्ने विद्यार्थीलाई उक्त अवसरमा कलेजले सम्मान पनि गरेको थियो। विज्ञान संकाय तर्फ निरञ्जन ढकालले ३.९२ जिपिए सहित अग्रस्थानमा आफूलाई राख्दा व्यवस्थापनमा एलिजा डाँगीले ३ .८९ जिपिए सहित आफूलाई अब्बल प्रमाणित गरेकी थिइन्।

त्यस्तै ३.६३ जिपिए सहित सुष्मिता कार्की कानुन संकाय टपर बन्दा मानविकी बाट ३. ५३ जिपिए सहित सपना नेपाल टपर बनिन्।

कार्यक्रममा आफ्नो अनुभव बाँड्दै विज्ञान संकायका ‘टपर’ निरञ्जन ढकालले आफूले आफूलाई विश्वास गरे मात्र सफलता प्राप्त हुने बताए। उनले सेन्ट लरेन्सले दिएको उपयुक्त शैक्षिक वातावरणकै कारण आफूले चाहे अनुसार अंक प्राप्त गर्न सकेको भन्दै कलेजलाई धन्यवाद दिए।

सम्बन्धित समाचार

विशेष

- Advertisement -spot_imgspot_imgspot_imgspot_img