प्रसंसित बने वडा अध्यक्ष शम्भु भट्टराई कारण यस्तो

Categories:

-

भदौ ३१, काठमाडौँ । केही दिन देखी काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ को तेन्जिङ चोक, मुस्कान चोक, वडा कार्यालय आसपासका क्षेत्रमा  ल्यान्ड लाइन टेलिफोन, केवल टेभी च्यानल तथा केवल इन्टरनेटहरु अवरुद्ध भएको छ ।

दैवीप्रकोप भएको बेलामा पनि उल्लेखित सेवा अवरुद्ध गर्न पाइन् झन् सामान्य अवस्थामा यसो भयो भने त सूचनाको हक बाट बञ्चित गराइएको भनेर अदालतमा मुद्दानै दर्ता गर्न मिल्छ । तर,  बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा भने सूचना तथा सञ्चारका  तार काट्दा वडा अध्यक्ष शम्भु प्रसाद भटराई वडा बसीहरुबाट प्रसंसित भएका छन् ।

विभिन्न इन्टरनेट कम्पनीले अस्तव्यस्त पारेर इन्टरनेटको तार बिजुलीको खम्बामा छोडी दीदा बिजुली सट हुँदा ठुलो जनधनको क्षेति हुने सम्भावनालाई मध्यनजर गर्दै  वडा कार्यालयले त्यसलाई व्यवस्थित गर्न विभिन्न सूचना निकाली आग्रह गर्दै आएको थियो ।पटक पटकको सूचनलाई आईपी प्रोभाइडर कम्पनीहरुले अटेर गरेपछि  वडा कार्यालयले झ्यामकी झ्याम तार काटेर  एक्सनमै आएको हो ।

वडा अध्यक्ष भट्टराईले सुरुगरेको अभियानलाई स्थानीयवासीले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन भने इन्टरनेट कम्पनीहरूले आफ्नो तारलाई व्यवस्थित बनाउँदै लगेका छन् ।

तार व्यवस्थित भएसँगै केही हदसम्म दृश्य प्रदूषण कम भएको छ  साथै  सम्भावित ठूला दुर्घटना टरेकोमा स्थानीयवासीले वडा कार्यालयलाई धन्यवाद दिरहेका देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य