भूमाफियाहरुले गायब बनाएको टुकुचाखोला जयनेपाल हलको परिसरमा भेटियो

Categories:

-

भदौ३०,काठमाडौं । नागपोखरी मार्गस्थित जय नेपाल हलको परिसरमा भूमाफियाहरुले गायब  बनाएको टुकुचा खोलाको बहाब फेला परेको छ।

काठमाडौं महानगरपालिकाले बिहीवार हलको परिसरमा खोतल्दा खोला फेला परेको हो। महानगरले बिहीवार डोजर लगाएर हलको परिसरमा खोतलेको थियो।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले शहरका अवैध संरचना भत्काउने अभियान नै चलाएका छन्। पार्किङको लागि स्वीकृति लिएर व्यवसाय संचालन गरिरहेका भवनमा महानगरले डोजर चलाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य