बूढानीलकण्ठ नगरपालिका पनि बालेनकै बाटोमा हिँड्ने

Categories:

-

काठमाडौं, भदौ २९ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाकाले पनि अनधिकृत संरचना हटाउने भएको छ । काठमाडौँ महानगरसहित देशभरका अन्य थुप्रै स्थानीय तहले धमाधम अनधिकृत संरचना हटाउने अभियान चलाइरहँदा बूढानीलकण्ठ पनि अघि सरेको हो ।

नगरपालिकाअन्तर्गत वडा नम्बर १३ ले मापदण्डविपरीत संरचना हटाउन निर्देशन दिँदै ३५ दिने सूचना जारी गरेको छ । विशेषतः वडाको चुनिखेल -गाम्चा -पुखुचा सडकमा रहेका नौ जना वडावासिहरुलाई ३५ दिन भित्र घर टहरा हटाउन  अनुरोध गरिएको हो।

सूचना जारी गरेपश्चात पनि अटेर गरी नहटाउने तथा खाली नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कारबाही गरिने वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य