युवा संघ बूढानीलकण्ठ द्वारा रक्तदान सम्पन्न

Categories:

-

काठमाडौँ , २८ भदौ । विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ ।

डेंगीरोगकाकारण उपत्यका लागयत मुलुकभर यतिबेला रगतको चरम अभाव भएको छ । रगतको यो अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवाहरुको संगठन युवा संघ बूढानिलकण्ठले भदौ २५ गते शनिवार वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवं बागमती प्रदेश माननीय कुसुम कुमार कार्की, विशेष अतिथि नेकपा एकीकृत समाजवादी काठमाडौँ जिल्ला सचिव एबम काठमाडौँ क्षेत्र नम्बर ४ अध्यक्ष धुर्व राज न्यौपाने त्यस्तै बागमती प्रदेश कमिटी सदस्य बालकृष्ण श्रेष्ठ ठाकुर प्रसाद खकुरेल, निरञ्जन नेपाल, नेकपा एकीकृत समाजवादी बुढानीलकण्ठ अध्यक्ष हरिराम ढुङ्गाना, नगर सचिव प्रमोद ढकाल, नगर उपसचिव विष्णु प्रसाद भट्टराई, युवा संघ नेपाल काठमाडौँ जिल्ला अध्यक्ष गौरीशंकर राना, युवा संघ नेपाल सचिवालय सदस्य रामशरण सापकोटा, युवा संघ नेपाल केन्द्रिय सदस्य मेग कुमार न्यौपाने, विशाल खत्री, युवा संघ नेपाल बुनपा अध्यक्ष आकाश श्रेष्ठ अनेम संघ काठमाडौँ क्षेत्र नम्बर ४ संयोजक रेनुका पराजुली पौडेलको उपस्थिति रहेको थियो ।

रगतको चरम अभावको समाचारहरु आइरहेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सामाजिक संघसंस्थाहरुलाई सुरक्षित तरिकाले रक्तदान कार्यक्रम आयोजना गर्न गरेको आग्रह अनुरुप रक्तदान कार्यक्रमको आयोजना गरेको युवा संघ नेपाल बूढानीलकण्ठका अध्यक्ष आकाश श्रेष्ठले बताए ।

रक्तदान कार्यक्रममा महिला रक्तदाताहरुको पनि उल्लेख्य सहभागिता रहेको अनेम संघ काठमाडौँ क्षेत्र नम्बर ४ संयोजक रेनुका पराजुलीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य