बन्चरेडाँडामा अवरोध जारी, प्रहरीद्वारा अश्रुग्याँस र हवाई फायर

Categories:

-

 ३१,साउन काठमाडौं। नुवाकोटको बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध जारी रहेको छ । काठमाडौँबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गरेपछि बन्चरेडाँडामा प्रहरीले हवाई फायर समेत गरेको छ ।प्रहरीले फोहोर व्यवस्थापनमा आएको अवरोध हटाउन अश्रुग्याँस र हवाई फायर गरेको जानकारी दिएको छ । पछिल्ला केहि दिन देखि स्थानीयले फोहोरका गाडीलाई जान दिएका छैनन् ।

फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौँका हरेक सडकमा फोहोरको थुप्रोले भरिएपछि पनि महानगर र संघीय सरकारले फोहोर व्यवस्थापनको निकास निकाल्न सकिरहेका छैनन् ।

स्थानीयहरूले यस अघि गरिएका सम्झौता पालना नगरिएको भन्दै अवरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य