३१,साउन काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखामा कार्यरत सिनियर प्लम्बरलाई पक्राउ गरेको छ। आयोगले सिनियर प्लम्बर गणेशबहादुर खुलाललाई सेवाग्राहीसँग लिएको घुस रकमसहित नियन्त्रणमा लिएको हो।
खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट टोली खटिएको थियो। सोही क्रममा टोलीले खुलाललाई सेवाग्राहीबाट लिएको पाँच हजार घुस रकम सहित नियन्त्रणमा लिएको हो। उनलाई खानेपानीको कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्

