सरकारी तथा सामुदायिक विद्यालयको एसईईको नतिजा चित्तबुझ्दो भएन : मिठाराम अधिकारी

Categories:

-

२१, साउन,काठमाडौं । बूढानीलकण्ठ नगरपालिका  नगर प्रमुख मिठाराम अधिकारीले आफ्ना नगरका सरकारी तथा सामुदायिक विद्यालयले भर्खरै सम्पन्न एसईई परीक्षामा विद्यार्थीहरुले  प्राप्त गरेको नतिजा चित्तबुझ्दो नरहेको बताएका छन् ।

आज बूढानीलकण्ठ नगरपालिकाको गणेश मा.वी.ले आयोजना गारेको एसईई विद्यार्थी सम्मान कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारीले “निजी विद्यालयका शिक्षकहरूले महिनाको १५ हजार तलबमा पढाउँदा विद्यार्थीहरूको रिजल्ट राम्रो ल्याएको  ३५ हजार तलब लिग्गने सरकारी तथा सामुदायिक विद्यालयका शिक्षक साथीहरूले ल्याएको नतिजा चित्तबुझ्दो नरहेको बताए ।” तर, गणेश माविको प्रगतिलाइ औल्याउदै अधिकारीले अन्य विद्यालयले यस विद्यालयबाट सिक्क्नु पर्ने कुरा धेरै छन् भने ।

यसपालिले आर्थिक वर्षमा विगतको भन्दा शिक्षामा राम्रो बजेट वियोजन गरेको  र आफ्नो कार्यकालमा शिक्षाक्षेत्र सुधार गर्ने लक्ष्यलिएको बताउँदै राम्रो कार्यसम्पादन गर्ने विद्यालय तथा शिक्षकलाई नगरपालिकाले पुरस्कृत गर्ने  अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य