जोरपाटी नयाँ बस्तीमा प्रहरीले भेट्टायो नक्कली क्रिम पाउडर बनाउने कम्पनि

Categories:

-

काठमाडौं , २० साउन । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नयाँ बस्तीसर्बेश्‍वर मार्गस्थित दिपिका अग्रवालको नाममा दर्ता रहेको मिसेल कस्मेटिक्स प्रा.लि. नामको कारखानामा नक्कली कस्मेटिक्स सामानहरु उत्पादन गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेर धेरै परिमाणमा नक्कली कस्मेटिक्स बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौं, प्रहरी बृत्त बौद्ध, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट संयुक्तरुपमा खटिएको टोलीद्वारा उल्लेखित स्थानमा रहेको मिसेल कस्मेटिक्स प्रा.लि. छापामार्दा विभिन्न कम्पनीका सौन्दर्य प्रसाधनका सामाग्रीहरू: Shampoo, Hair Treatment Cream, Hair Oilआदि नक्कलीरुपमा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ, तयारी अवस्थाको नक्कली सामानसहित बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौंले जानकारी दिएको छ ।

प्रारम्भिक मूल्याङ्कन अनुसार, उक्त सामाग्रीहरू करोडौंको मूल्य बराबरको हुन सक्ने अनुमान गरिएको छ। उक्त कारखानमा छापामारी पश्‍चात बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा थप अनुसन्धानका लागि कारखाना सिल गरिएको प्रहरीले बताएको छ । उक्त कारखानाबाट निम्न सामानहरु बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौंले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य