पछिल्लो २४ घण्टामा ४ सय ३५ जनामा कोरोना संक्रमण

Categories:

-

५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।

३ हजार ५६९ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा ५६ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ५३७ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य