पत्रकार दुर्व्यवहार गर्नेलाई कारबाई गर्न बूढानीलकण्ठ नगरपालिकालाई विज्ञप्ति

Categories:

-

५ साउन, काठमाडौं । पत्रकारले समाचार सङ्कल गरिरहेको अवस्थामा बूढानीलकण्ठ नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा भएको दुर्व्यवहारको पत्रकार सम्बद्ध दुईवटा संस्थाले भर्सना गरेका छन ।

समाचार संकलनका लागि बुढानिलकण्ठ नगरपालिका पुगेका पत्रकारमाथि नगरपालिकाका प्रमुख मिठाराम अधिकारीका स्वकीय सचिव रबिन्द्र अधिकारीले दुर्व्यवहार गरेका हुन् । अधिकारीले पशुपति टाइम्स डटकमका सम्पादक सन्तोष भण्डारीलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए।

समाचार संकलनका क्रममा साेधिएका प्रश्नहरूकाे उत्तर दिने क्रममा अधिकारीले ‘बाहिर हिड म तलाई बाहिर लगेर सिकाउँछु’ भन्दै धम्कीपूर्ण भाषा प्रयाेग गरेकाे भण्डारीले बताए।

समाचार संकलनकाे क्रममा पत्रकारमाथि दुर्व्यवहार भएकाे घटनाप्रति समाजवादी प्रेस संगठन नेपाल , उपत्यका प्रदेशले कुनै पनि बहानामा यस किसिमको दुर्व्यवहार हुनु निन्दनीय हुनुका साथै प्रेसविरोधी काम हो । समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटि प्रेसविरोधी यस्ता कार्यमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउन र पत्रकार तथा सञ्चार माध्यमलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग माग गर्दछ भनेको छ । यसै गरि अनलाइन पत्रकार संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य