समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध मेयर साहको उजुरी

Categories:

-

३,साउन काठमाडाैं । महानगरपालिका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी हालेका छन् । महानगरको विषयमा तथ्यहीन र भ्रमक समाचार लेखेको भन्दै उनले दुई सञ्चारमाध्यममाथि कारबाहीको माग गर्दै काउन्सिलमा उजुरी दिएका हुन् ।

मेयर साहले ई–स्पोर्टसका नाममा ‘रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई फाइदा हुने गरी एक करोड बजेट छुट्याएको भन्दै केही दिनअघि विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन प्रशारण गरेका थिए । महानगरले आर्थिक वर्ष २०७९÷०८० मा प्रस्तावित बजेट रकम कुनै अमुक संस्थालाई उपलब्ध गराउन लागेको भन्ने समाचार कपोलकल्पित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।‘हालै विभिन्न समयमा नेपाल समाचारपत्र र हिमालय टेलिभिजनमा प्रकाशन प्रसारण भएको काठमाडौ महानगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को प्रस्तावित बजेट तथा कार्यक्रममा विनियोजित बजेट रकम कुनै आमुक संस्थालाई उपलब्ध गराउन लागिएको भन्न तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचारप्रति काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’, बालेन्द्रको उजुरीमा लेखिएको छ ।

नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम महानगर सञ्चालित रहेको उल्लेख गर्दै उनले महानगर प्रेस अभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी सरकारका लागि सूचना वितरणमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । सञ्चार माध्यमहरुले व्यवसायिक पत्रकारितालाई ख्याल नगरी एकतर्फी तथ्यहीन समाचार प्रकाशन र प्रशारण गरेर व्यक्तिगत र संस्थागत गरिमामा आँच पुगेको उजुरीमा उल्लेख छ ।

उनले पत्रकारिता आचारसंहिता ऐनअनुसार नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनलाई क्षतिपूर्तिसहित कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य