भारतीय दूतावासमा गोली चल्यो

Categories:

-

काठमाडौं । काठमाडौंको लैनचौरस्थितमा रहेको  नेपालकालागि भारतीय दूतावासभित्र गोली चलेको खबर छ । चलेको गोलीबाट एकजना दूतावासको सुरक्षामा रहेका भारतीय सुरक्षाकर्मीको ज्यान गएको प्रारम्भिक सूचना आएको छ ।

नेपाल प्रहरीले भने  यसबारे केही पनि बताएको छैन ।

अपडेट : साँझ ४ 

भारतीय दूतावास, लैनचौरभित्र आफैलाई गोली हानेर आत्महत्या गर्ने सुरक्षाकर्मी ३२ वर्षीय दीपक सिंह रहेको खुलेको छ । उनले आज बिहान आफैँले बोकेको इन्सास राइफलबाट आफैँमाथि गोली चलाएका थिए ।

दूतावासभित्रै मारिएका दीपकको शव केही बेरअघि पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,महाराजगञ्ज पुर्याइएको थियो । शवको पोष्टमार्टम भइसकेको छ ।

आज बिहान सबेरै सिंहले दूतावासको सुरक्षार्थ खटिएको समयमा आफैैंलाई गोली हानेका थिए । नेपाल प्रहरीको अपराध महाशाखा टोलीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य