मुटुमाथि ढुंगा राखी हाँस्नु प-या छ : नेपाल

Categories:

-

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाध्यत्मक अवस्थाको कारण मन्त्री फेर्नु परेको बताउनु भएको छ ।

अध्यक्ष नेपालले एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीद्वारा बुधबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा यसअघि ६ महिनाको लागि भनेर  पठाइएका मन्त्री फेर्न पार्टीलाई ग्राहो भएको समेत बताउनुभयो ।

‘यसअघि सरकारमा पठाइएकाहरुलाई ६ महिनाको लागि भनिएको थियो, सबैले सुन्ने गरी भनिएको थियो, बुझ्ने गरी भनिएको थियो, तर प्रेम आले बाहेक अरुले हामीलाई ६ महिनाको लागि भनेर पठाइएको हो भनेको मैले सुनिन् । यो कानले अहिले पनि उहाँहरुले हामीलाई ६ महिनाको लागि पठाइउको हो भनेको सुन्न चाहन्छ, उहाँले भन्नुभयो- मान्छे मन्त्री बन्न हुरुक्क हुन्छन्, पद छोड्नुपर्दा हिरिक्क हुन्छन्, सासै जाला जस्तो, उहाँले भन्नुभयो, मंसिरमा चुनाव हुँदैछ, सबैलाई मिलाउनु परेको छ । सबैलाई भाग पुर्याउनु परेको छ ।  पदको लागि धाएर मरिहत्ते गर्छन् । पद दिएपछि जिम्मेवारी पूरा गर्दैनन । बैठकमा बोलाउँदा आउँदैनन । तर पनि सँगै लिएर हिड्नु परेको छ । मुटुमाथि ढुंगा राखी  हाँस्नु प-या छ ।’

samajwadil sudur pachhim karyakram-1.jpg

अध्यक्ष नेपालले नेपालले नवनियुक्त मन्त्रीहरुलाई देश र जनताको हित तथा पार्टी र आफ्नो प्रतिष्ठा बचाएर काम गर्न निर्देशन दिनुभयो । ‘पहिलाका मन्त्रीले राम्रो गरेनन् भनेर हिड्ने होइन, आफूले राम्रो गर्नुस्’ उहाँले भन्नुभयो – देश र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर पार्टी र आफ्नो प्रतिष्ठा बचाएर काम गर्नुस् । सधैँ भरी शिर ठाडो पारेर हिड्न पाइयोस् ।’

पूर्व प्र्रधानमन्त्री नेपालले मन्त्रीहरुलाई जनता र कार्यकर्ताको समस्या सुन्न सुझाव दिनुभयो ।  ‘मानिसको समस्या सुन्नुपर्छ, बुझ्नुपर्छ’ उहाँले भन्नुभयो- काम भएन भने, समस्या समाधान भएन भने मान्छेको चित्त दुख्छ । नेता र कार्यकर्ताको पनि कुरा सुन्नू, उनीहरुसँग बेला बेला अन्तरक्रिया गर्नू ।’

अध्यक्ष नेपालले काममा राम्रालाई अवसर दिन र सिष्टम बनाउन समेत निर्देशन दिनुभयो । ‘हाम्रो मात्रै भन्ने होइन, राम्रो हेर्नुपर्छ हाम्राभित्र राम्रा छन् भने तिनलाई प्राथमिकता दिनुपर्छ’ उहाँले भन्नुभयो= सिष्टम बसाउन धेरै ग्राहो छ तर बिगार्न ग्राहो छैन । संसारमा सिष्टम बसालेका देश सफल भएका छन्, विकासमा अगाडि बढेका छन् । तर जुन देशमा सिष्टम बसेन त्यहाँ विकास भएन ।’

पूर्व प्रधानमन्त्री नेपालले श्रममन्त्री शेरबहादुर कुँवरतर्फ लक्षित गर्दै भन्नुभयो- वैदेशिक रोजगारीको नाममा कतिपयले  गरिबलाई दु:ख दिन्छन् । शोषण गर्छन् विभिन्न बाहनामा लुट्छन् त्यस्तो प्रवृतिको अन्त्य गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य