काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी हुँदा देश विकास हुन नसकेको बताउनुभएको छ ।
मन्त्री चौधरीले सोमबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण त्यस्तो धारणा व्यक्त गर्नुभएको हो । मुलुकको नेतृत्व गर्ने व्यक्ति घमण्डी हुन नहुने उहाँको भनाई छ ।
‘मुलुक अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौँ। मुलुक चलाउने मान्छे पनि घमण्डी भयौँ, उहाँले भन्नुभयो- कर्मचारीको बारेमा त के भनौँ ? तर हामीले आफ्नोतर्फबाट पनि जे गर्नुपर्ने हो त्यो गरिरहेका छैनौँ। आफ्नो बचावटको लागि हामी नेताहरु नै आफू बच्नको लागि सुरक्षित नीति नियम बनाउने, आफूलाई संरक्षण गर्ने किसिमका कानून बनाउन खोज्ने।’
मन्त्री चौधरीले नेताहरुले आफ्रनो स्वार्थ अनुकूल नीति बनाउने गरेको भन्दै इमान्दारिताको खाडल भर्न अब लाग्ने बेला भएको धारणा व्यक्त गर्नुभयो । ‘मुलुकलाई इमान्दारीपूर्वक योगदान गरौँ। कुनैपनि व्यक्तिले स्ट्रङ कमिटमेन्ट नगर्दासम्म मुलुक बन्दैन, उहाँले भन्नुभयो- हामीलाई अफ्ठ्यारो त छ नि, घुस खान पाउँदा पैसा हुन्छ, अरु बद्मासी गर्दा अरु होला। यो तरिकाले त मुलुक बन्दैन रहेछ नि। देश बनाउनको लागि सबैले सामूहिक रुपमा प्रतिवद्धता जनाऔँ।’


