काठमाडौँ : आफूलाई यौनप्रति चासो नभएको बताउँदै कार्यकक्षमै ओछ्यान लगाएर बस्ने एक हाकिमको पर्दाफास भएको छ । ‘सेक्सप्रति मेरो रुचि छैन’ भन्ने अभिव्यक्ति दिए पनि आफ्नो कार्यकक्षमै सुत्ने बेडको ब्यवस्था गर्न लगाउने र महिलामाथि बारम्बार कुदृष्टि लगाउने हाकिमको भर्खरै जागिर खुस्किएको छ ।
यसरी कायर्ककक्षमै विस्तारा लगाउने ब्यक्ति हुन नेपाल वायुसेवा निगमबाट बर्खास्तीमा परेका कार्यकारी अध्यक्ष युवराज अधिकारी । विद्यार्थीकालदेखि नै केटी भनेपछि हुरुक्कै हुने अधिकारी निगममा जागिर खाँदादेखि अहिलेसम्म कुनै न कुनै रुपमा महिला हिंसासँग जोडिँदै आएका छन् ।
अधिकारी कर्पोरेट डाइरेक्टर हुँदा उनले निगमका महिला कर्मचारीहरूमाथि गरेको दुव्र्यवहारको भिडियो सार्वजनिक भएको छ । त्यतिबेला उनले लिखित रुपमा माफी मागेर आइन्दा महिला कर्मचारीलाई दुव्र्यवहार र यौनजन्य हिंसा नगर्ने बताएका थिए ।
सार्वजनिक भएको भिडियोमा अधिकारीले पीडित महिला सामु आफू १० वर्षदेखि पोस्टेडको विरामी भएकाले त्यस्तो काममा सरिक हुन नमिल्ने बताएका छन् । भिडियोमा उनले भनेका छन्– ‘सेक्सप्रति मेरो रुची छैन । त्यसैले मेरो बच्चा पनि छैन ।’
त्यतिबेला ‘महिला कर्मचारीमाथि दुव्र्यवहार गर्ने छैन’ भनेर २०७४ कात्तिक ६ गते लिखित माफी मागेका अधिकारीमाथि निगमको कार्यकारी पदमा पुगेपछि फेरी महिलामाथि यौन हिंसा गरेको कर्मचारीहरु बताउँछन् ।
उनले एक महिला कर्मचारीलाई दिनभरी आफm्नो कार्यकक्षमा ढोका बन्द गरेर एक महिला कर्मचारीलाई राख्ने गरेका थिए । ती महिला कर्मचारीलाई मलेसिया स्टेशनमा पठाउने प्रलोभन दिएर अधिकारीले दिनभर आफ्नो कोठामा राख्ने गरेका थिए ।
कार्यकक्षमा राखेर मात्र नपुगेर उनले ती महिला कर्मचारीलाई राती ११ बजेसम्म म्यासेज गरेर सताउने गरेका थिए । म्यासेजमा अधिकारीले ‘मलाई वास्ता गर्न छाड्यौँ ?’ भनेर म्यासेज टाइप गर्दा ती महिला कर्मचारीले जवाफ दिएकी छिन– कति वास्ता गर्नु ? दिनभर अफिसमा तपाईंसँग थिए ! घरको काम पनि त गर्नुपर्यो ।’ भन्ने जबाफ ती महिला कर्मचारीले पठाउने गरेका थिए ।

