छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

Categories:

-

गुल्मी । आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका एक शिक्षक पक्राउ परेका छन् ।

कक्षा ३ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी आएपछि रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

१५ दिन पहिले घटेको घटना भएपनि अभिभावकले ढिलोगरी उजुरी दिएपछि बुधबार मात्रै ती शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘घटना गत जेठ १७ गते भएको र अभिभावकले बुधबारमात्रै जाहेरी दिएका कधारण शिक्षकलाई पक्राउ गर्न ढिला भएको प्रहरीले बताएको छ ।

पीडक शिक्षक र पीडित भनिएकी छात्रा एउटै विद्यालयको भएकोले प्रहरीले आरोपितको समेत नाम गोप्य राखेको छ। उनको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य