उपद्रो मच्चाउदै हिडेकी मन्त्री भाउजुको स्वास्थ्य परिक्षण हुँदै

-

काठमाडौँ । हिजो बिहानै मेरो राजा खोई भन्दै एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीमाथि कुटपिटमा उत्रेकी विमला खत्री वलीको स्वास्थ्य परिक्षण हुने भएको छ ।

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीलाई हिजो रातारात बुटवल ल्याईएको थियो । उनलाई राति नै प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसी सोनामको क्वार्टरमा पुर्याईएको थियो ।

वलीको अभद्र व्यवहारका कारण पिडामा रहेकी मिना भण्डारीले उनीविरुद्ध मुद्धा दर्ता गराएकी छिन । प्रहरी प्रमुख सुरेश काफ्लेले उक्त जाहेरीमाथि अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य