काठमाडौ । जनता समाजवादी पार्टी(जसपा) कब्जा गर्ने रणनीतिमा संघीय परिषद अध्यक्ष डा. बाबराम भट्टराई लागेपछि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको टाउको दुखाइ शुरु भएको छ ।
सरकारमा रहेका मन्त्रीहरु हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णयपछि जसपा विभाजनको डीलमा पुगेको छ ।
पार्टीभित्र विवाद चुलिदै गएपछि अहिले भट्टराई र यादबीचको सम्बन्ध पानी बराबर हुन थालेको बताईन्छ । अहिले अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भएर संसदीय दल पनि विभाजि भएको छ । स्रोतका अनुसार, जसपाका १९ जना सांसदमध्ये १२ जना बाबुरामको पक्षमा खुलेका छन् ।स्रोतका अनुसार, बाबुराम भट्टराईले अहिले जसपाभित्र समस्या बनाई सकेसम्म पार्टी जसपा कब्जा गर्ने रणनीतिमा लागेका छन् । कार्यकारिणी सदस्यमा बहुमत पुर्याएर कब्जा गर्ने रणनीति लिएका भट्टराईलाई जसपाभित्रका पूर्वराजपा समूहका नेताहरुले साथ दिएका छन् ।
मन्त्री बन्न चाहेका नेताहरु मोहम्मद इस्तियाक राई, प्रदीप यादव पनि अहिले बाबुराम क्याम्पमा लागेका छन् । उनीहरु पहिला उपेन्द्र यादवका विश्वास पात्र थिए । मन्त्री बन्न नपाएकै कारण उनीहरुले कित्ता परिवर्तन गरेका हुन् । पूर्वराजपाका नेताहरु महेन्द्र राय यादव, मृगेन्द्र सिंह, अमृता अग्रहरीलगायतका सांसद पनि बाबुराम भट्टराईको साथमा लागेका छन् ।
त्यसले गर्दाखेरी जसपा अहिले विवादको उत्कर्षमा पुगेको स्रोतको दावी छ । जसपा विभाजनको डिलमा पुगेका कारण गठबन्धन सरकार नै धरमरमा पुगेको छ । बाबुराम भट्टराई जसपा कब्जा गरेर महन्थ ठाकुरसँग एकता गर्ने रणनीतिमा लागेका छन् ।

