मुग्लिन- पोखरा सडकखण्डमा सडक भासियो, सवारी आवागमन ठप्प

Categories:

-

काठमाडौ । मुग्लिन -पोखरा सडकखण्डमा सडक भासिएको छ । सडक भासिएपछि उक्त सडक भएर गुड्ने सवारीआवागमन ठप्प भएको छ। रातीदेखि परेको अविरल वर्षाका कारण सडक भासिएको हो ।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ साँखरमा सडक नै पहिरिएर मर्स्याङ्दीमा खसेको छ।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले जानकारी दिए। करिब २० मिटर सडक भाँसिएको छ।

मुग्लिङतर्फबाट तनहुँ, गोरखा, लमजुङ, कास्कीलगायत क्षेत्रमा जाने यात्रु सडकमै अलपत्र छन्। सडक भासिएको ठाउँमा एउटा कारको नम्बर प्लेट देखिएको प्रहरीले बताएको छ। यो कार पहिरोमा परेको हो वा होइन भन्ने अनुसन्धान जारी रहेको तनहुँ प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य