बञ्चरे डाँडाबाट संघर्ष समितिका संयोजक सहित पाँच पक्राउ, स्थिति तनावपूर्ण ।

Categories:

-

काठमाडौं । हिजो काठमाडौंमा भएको सहमति नमान्ने भन्दै नुवाकोट सिसडोलका स्थानीयले फोहोर फाल्न अवराेध गरेपछि बञ्चरेडाँडामा तनाव सृजना भएकाे छ । अवराेध सृजना गरेकाे अाराेपमा संघर्ष समितिका संयोजकसहित ५ पक्राउ परेका छन् ।

हिजाे शहरी विकास मन्त्रालयमा भएकाे त्रिपक्षीय सहमतिअनुसार आज बिहान काठमाडौंबाट डम्पिङका लागि लगिएको फोहोरका गाडी पठाइएकाे थियाे, तर माग पुरा नभएकाे भन्दै फोहोरका गाडीलाई स्थानीयले रोकेका हुन् ।

हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा भएको जनप्रतिनिधिहरुबीचको वार्तामा काठमाडौं महानगर, ललितपुर, ककनी, धुलिबेसी र गोकर्णेश्वरका जनप्रतिनिधिबीच आजदेखि फोहोर उठाउने सहमति भएको थियो । वार्तामा स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पूरा गर्ने काठमाडौं महानगरले प्रतिबद्धता जनाएको थियो

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य