बर्दियाको गोलीकाण्ड छानविन गर्न गृह मन्त्रालयले बनायो छानबिन समिति

-

काठमाडौँ । बर्दियाको मधुवन नगरपालिका २ मा हिजो गोली लागेर नबिना थारूको मृत्यु भएपछि उक्त घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा गृहमन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । समितिलाई काम शुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप(महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् ।

बाघको आक्रमणबाट स्थानीयहरु घाइते भएपछि सुरक्षाको माग गर्दै आन्दोलमा उत्रिएकामागि प्रहरीले गोली चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य