एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो, शहरी विकासमा मेटमणि

-

काठमाडौं  । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट नयाँ मन्त्रीको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

एकीकृत समाजवादी आइतबार बसेको सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर नयाँलाई बनाउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको हो ।

एकीकृत समाजवादीका उपमहासचिव डा गंगा तुलाधरले  सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको पुष्टि गर्नुभएको छ ।

उपमहासचिव तुलाधरका अनुसार पार्टीले भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास र शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउनको लागि प्रस्ताव गरिएको छ । हीराबहादुर केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउन प्रस्ताव  गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य