सर्वसाधारणका लागि शौचालय खुला गर्न इच्छुक संस्थालाई ७ दिनभित्र सम्पर्क गर्न महानगरको सूचना

Categories:

-

काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वसाधारणको लागि शौचालय प्रयोग गर्न दिन काठमाडौं महानगरपालिकाले सबै संघसंस्थालाई आधिकारिक प्रस्ताव गरेको छ ।

आइतबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै महानगरपालिकाले सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापनको लागि इच्छुक संघसंस्थालाई ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।

महानगरपालिकाले होटल रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ सेन्टर, कम्पनी, फार्म, व्यावसायी, गैरसरकारी संघसंस्था आदि जोकोहीले पनि आफ्नो शौचालय प्रयोग गर्न दिन इच्छुक भएमा सम्पर्क गर्न भनेको हो।

यसको लागि महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाई बबरमहलमा वा महानगरपालिकाको प्रशासन विभागमा सम्पर्क गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य