काठमाडौ । रुपन्देहीको रोहिणी खोलामा आज बिहाना बस खस्दा नौ जनाको मृत्यु भएको छ । मृतकमध्ये ४ जनाको सनाखत भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चपुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उप–महानगर वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल र रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन् ।
जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा–परसी हुलाकी सडक खण्डमा स्थित पुलबाट खसेको थियो । दुर्घटनामा परी २३ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


