विप्लवले असोजमा महाधिवेशन गर्दै

-

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नवौँ महाधिवेशन असोजमा गर्ने भएको छ । गत १२ देखि १७ जेठसम्म बसेको नेकपा केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

महाधिवेशनअघि नेकपाले ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय गरेको पार्टीको केन्द्रीय समिति बैठकले गरेको छ ।

नेकपाका महासचिव विप्लवले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेकपा ९बहुमत०का नेताहरू धमेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई सच्चिएर पार्टीमा फर्किन अनुरोध गरेका छन् । तर, पार्टीको केन्द्रीय समिति बैठकले भने उनीहरूलाई गम्भीर आरोपहरू लगाएको छ ।

आज सार्वजनिक गरेको पार्टीको विज्ञप्तिमा उनीहरूलाई ‘रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखा परेको आरोप लगाइएको छ । साथै विज्ञप्तिमा पार्टी विभाजनअघि ती नेताहरूमा आर्थिक, संगठनात्मक, राजनैतिक विकृतिहरू देखिन थालेको उल्लेख छ ।

महासचिव विप्लवले स्थानीय तहको निर्वाचनमा भाग लिने विषयले पार्टी विभाजन भएको भन्दै आफूहरूले चुनावलाई क्रान्तिको एउटा अंगको रुपमा उपयोग गरेको बताए ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत नेताहरूलाई सुध्रिएर आए एकता हुनसक्ने बताए । ‘प्रचण्डजीले पनि एकताको कुरा गर्नुहुन्छ । पुरानै ठाउँमा फर्किनु भयो भने हामी छलफल र बहस गर्न तयार छौं,’ उनले भने, ‘तर, तपाइँहरू सुध्रिनुहुन्न भने तपाइँहरूको अन्त्यलाई कसैले बचाउनेवाला छैन ।’

अमेरिकी मन्त्रीले तिब्बती शरणार्थीलाई चीनविरुद्ध उचालेको आरोप

नेकपाका महासचिव विप्लवले अमेरिकी सहायक विदेशमन्त्री नेपाल भ्रमण आएको बेला तिब्बती शरणार्थीलाई भेटेर चीनविरुद्ध उचालेको आरोप लगाएका छन् । उनले यसलाई नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको भन्दै दलाल पुँजीवादी व्यवस्थाका कारण नेपाल नवउपनिवेशमा फस्ने दाबी गरे ।

‘

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य