सिन्धुपाल्चोकमै उत्पादन सुरु भयो भैरवकुण्ड स्प्रिङ्ग वाटर

Categories:

-

सुकुटे । मुहानमै पानी प्रशोधन गरेर वजारमा लैजाने उद्धेश्यले स्थापना भएको भैरवकुण्ड स्प्रिङ्ग वाटर उत्पादन सुरु भएको छ ।

सिन्धुपाल्चोकको सुकुटे नजिकै स्थापना गरिएको यो कम्पनीले प्राकृतिक खनिजयुक्त पानी वजारमा ल्याउन थालेको हो ।

प्रशोधित मुलको पानीलाई मेशिनमार्फत भाँडोमा संकलन गरेर वजारमा लैजाने कम्पनीका सञ्चालक बिवश भण्डारीले जानकारी दिए । सिन्धुपाल्चोकको शुद्ध पानी आसपासका वजार र बनेपा,धुलिखेलका साथै काठमाण्डौंका उपभोक्तालाई खुवाउने उदेश्यले साँगाचोकगढी नगरपालिकाको अरनिको सडक नजिक यो पानी उद्योग स्थापना गरिएको छ ।

स्थानीय स्रोत साधनको सक्दो प्रयोग गरेर स्थानीय जनशक्तिकै प्रयोगमा पानी प्रशोधन गरेर वजारमा ल्याईएको भण्डारीले बताए । टाढादेखि बोतलमा धेरै दिनको पानी खान बाध्य रहेका उपभोक्तालाई यो उद्योगले ताजा पानी खुवाउने छ ।

मुहानमै स्थापना भएको उद्योग भएका कारण अरु पानी भन्दा यहाँ वाट उत्पादित पानी स्वास्थ्यका लागि उपयुक्त हुने मापदण्डमा पर्दछ ।No description available.

सिन्धुपाल्चोककै युवा ब्यवसायीको अगुवाईमा स्थापना भएको यो पानी उद्योगले स्थानीय स्रोत र स्थानीय जनशक्तिलाई प्राथमिकता दिएको सञ्चालक भण्डारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य