दुर्घटनाग्रस्त विमानमा एकै परिवारका ७ जना

Categories:

-

काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरको विमानमा धनुषाका एकै परिवारका ७ जना परेका छन् । विमानमा धनुषा मिथिला नगरपालिका–११ लोटा गाउँका ७ जना रहेको पुष्टि भएको छ ।

दुर्घटनाग्रस्त विमानमा लोटा गाउँका राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ सवार थिए । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जान लागेका हुन् ।

दुर्घटनाग्रस्त विमानमा १३ नेपाली,४ भारतीय, २ जर्मन नागरिक र चालक दलका ३ सदस्यसहित २२ सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य