केशव पाठकले गरे कांग्रेस परित्याग

Categories:

-

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका बौद्धिक व्यक्ति  तथा पत्रकार समेत रहेका केशवराज पाठकले नेपाली कांग्रेस परित्याग गरेका छन् ।

१५ वर्ष देखि नेपाली कांग्रेस  बूढानीलकण्ठमा आबद्ध रहेका पाठकले जेठ ७ गते आफू कांग्रेसको क्रियाशील सदस्य समेत नरहने अवगत गराउँदै राजिनामा पत्र बुझाएका हुन् ।

श्री इकाइ सभापतिज्यू, बुढानिलकण्ठ नगरपालिका वडा नं १२ इकाइ नेपाली काँग्रेस।
विषयः क्रियाशील तथा साधारण सदस्यसमेतबाट राजीनामा दिएको बारे ।
उपर्युक्त विषयमा नेपाली काँग्रेसको सदस्य बनेको १५ वर्ष लागेपछि मलाइ लाग्यो अब म काँग्रेसभन्दा पनि स्वतन्त्र हुनुपर्छ ।
काँग्रेसभित्र आफै स्वतन्त्रता छ, तर म योभन्दा धेरै स्वतन्त्रता चाहन्छु । त्यसैले अब यो पार्टीको सदस्य बनेर कम स्वतन्त्र भएको महशुस गरेर मलाइ बस्न मन छैन । त्यसो त, यो राजिनामा दिनुकोपछाडि नेताहरूप्रति केही वैयक्तिक गुनासा नभएका हैनन् ।मेरा वैयक्तिक गुनासाका पोकाहरू म खोल्न चाहन्न त्यो मैसँग रहोस् । म स्वतन्त्र भएपछि ती गुनासालाइ आफै सम्बोधन गर्नेछ मेरो आफ्नो सोख पनि लेखन तथा पत्रकारिता भएकाले स्वतन्त्र बन्नु झनै हितकर हुने देख्छु । पार्टीको चौवन्नी परिधीबाट हटेर लेखन परिधीलाइ अगाडि बढाउँदा झनै रमाइलो हुने आशा छ । १५ वर्ष काँग्रेस पार्टीमा बस्दा तिता केही भएनन जस्तो लाग्छ, स्वभाविकरूपमा मिठा कुरा मैले खोजिन । म पार्टीको कुनै पनि सदस्यता वा कार्यकर्ताको तहभन्दा बाहिर बस्न चाहन्छ । त्यसैले आजैबाट क्रियाशील सदस्य तथा साधारण सदस्यसमेतबाट राजीनामा दिएर स्वतन्त्र भएको छ। राजीनामा स्वीकत गरियोस् । धन्यवाद्।

कांग्रेस परित्याग गर्नुका पछाडि कांग्रेसका नेताहरूसँग व्यक्तिगत गुनासाहरू रहे पनि तिनलाई नखोल्ने उल्लेख गर्दै पत्रकार पाठकले पार्टीको चवन्नी परिधिबाट हटेर लेखन परिधिलाई बढाउने उल्लेख गरेका छन्।

काठमाडौँ क्षेत्र नं ४ र बूढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसको संगठन,विचार र सञ्चारको क्षेत्रमा निरन्तर प्रत्यक्ष अप्रत्यक्ष योगदान पुर्याएका पाठकले पार्टी परित्याग गर्दा आगामी प्रदेश तथा संघको निर्वाचनमा कांग्रेसलाई घाटा  लाग्न सक्कने एक कांग्रेस बागमती प्रदेश सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य