काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा नेकपा एकीकृत समाजबादी दल(कलम)ले अग्रता लिएको छ । सो वडामा करिब ६०० मत गन्दा समाजबादीले २४७ मत प्राप्त गरी फराकिलो अग्रता लिएको छ । त्यसलाई पछ्याउँदै नेपाली कांग्रेसको चुनाव चिह्न रुखले १६० मत प्राप्त गरेको छ । त्यस्तै, वडाअध्यक्ष उम्मेदवारमा नेकपा एमालेको चुनाव चिह्न सुर्यले १३५ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको हलोले ३ मत प्राप्त गरेको छ ।
सोही वडामा नगरपालिकाको मेयरका लागि पनि नेपाली एकीकृत समाजबादी दललाई नै बढी मत खसेको छ । मेयर उम्मेदवारलाई सो वडामा एकीकृत समाजबादीलाई ३०३ मत प्राप्त भएको छ भने दोस्रोमा नेकपा एमालेलाई १०७ मत प्राप्त भएको छ । यता, नेपाली कांग्रेसले मेयर पदमा भने सो वडामा ८७ मत प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्

