स्थानीय तह निर्वाचन: ९ जना उम्मेदवारको मृत्यु, को-को उम्मेदवारको मृत्यु भयो?(लिस्टसहित)

-

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सञ्चालन गरेपछि ९ जना उम्मेदवारको मृत्यु भएको जनाएको छ। आयोगले भोलि (शुक्रबार) हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका ९ स्थानीय तहका उम्मेदवारको मृत्यु भएको जनाएको छ।

उम्मेदवारको मृत्यु भएपछि आयोगले उक्त स्थानीय तहमा कार्यतालिका संशोधन गरेको छ।

निर्वाचन आयोगका अनुसार कपिलवस्तुको महाराजगंज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदमा उम्मेदवारी दिएकी शुभावती कुर्मी, दाङको तुलसीपुर नगरपालिका-१७ मा एमालेबाट उम्मेदवार बनेका वडा अध्यक्षका उम्मेदवार लभरु चौधरीसहित ९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य